काठमाडौं,१० पुस । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ ।
बिहीबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफू बयान दिन जाने बताउनुभयो । ‘मलाई जाँचबुझ आयोगले बोलाएको थियो । मैले जाने निर्णय गरेको छु,’ उहाँले भन्नुभयो ।
आयोगले लेखकलाई शुक्रबारका लागि बयानमा बोलाएको थियो । तर लेखकले आफू सोमबार बयानमा आउने खबर पठाएको पनि बताउनुभएको छ ।
जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो । बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा लेखकलाई अधिकांश नेताहरूले बयानमा जान सुझाव दिएका थिए ।