Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एलिजाले एक महिनामै त्यागिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष


1.5K
Shares

एलिजाले एक महिनामै त्यागिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष

काठमाडौं, १० पुस, । जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाड्नुभएको छ । जनादेश पार्टी छाडेर उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपामा प्रवेश गर्नुभएको छ । आजपामा उहाँले उपाध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

पत्रकार ऋषि धमला पत्नी एलिजाले जनादेश पार्टी छाडेको र आजपाको उपाध्यक्ष बनेको जानकारी आफैं दिएका छन् ।
उहाँले फेसबुकमा लेख्नुभएको छ , ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन गरिएको जनादेश पार्टीमा एलिजा केन्द्रीय सदस्यको सूचीमा थिइन् । २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश हुँदा एलिजा पनि गएकी थिइन् । तर बुधबार जनादेश पार्टी छाडेर प्रभु साह नेतृत्वको आजपातिर लागेकी हुन् ।

एलिजाले नयाँ पार्टीमा रहँदा गर्ने काम पनि सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology