Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एनआईएमबी बैंक गोरखाद्वारा शैक्षिक सामाग्री बितरण


1.3K
Shares

एनआईएमबी बैंक गोरखाद्वारा शैक्षिक सामाग्री बितरण

गोरखा, ८ पुस । गोरखा सदरमुकाममा रहेको एनआईएमबी बैंकले स्कुले बिधार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामाग्रीहरु उपलब्ध गराएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत गोरखा नगरपालिका–९ मा रहेको महालक्ष्मी माध्यामिक बिद्यालयका २५ जना बिद्यार्थीहरुलाई १ लाख २५ हजार बरावरको शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

बैंकले २५ जना बिधार्थीहरुलाई जनही ५ हजार बरावरको १ लाख २५ हजार बरावरको शैक्षिक सामाग्री बितरण गरेको प्रधानाध्यापक टेकबहादुर उपरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखी ९ सम्म अध्ययन गर्ने बिधालयका बिधार्थीहरुलाई उक्त सामाग्री बितरण गरेको हो ।

बैंकले उपलब्ध गराएको सामाग्रीले शिक्षा प्रति आत्मविश्वास, उत्साह र निन्तरता अभिबृद्वि हुनका साथै उनीहरुको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पर्ने समेत प्रधानाध्यापक उपकोटीले बताउनुभयो ।

उहाँले भन्नुयो ‘बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत शिक्षा क्षेत्रप्रति देखाउनु भएको यस्तो अनुकरणीय सहयोग कार्य बास्तवमै प्रशंसनीय, प्रेरणादाय र उदाहरणीय रहेको छ ।’

बैंकले उपलब्ध गराएको शैक्षिक सामाग्रीहरुमा झोला, जुत्ता, मोजा, बिधालय पोषाक, कापी, कलम, क्याल्कुलेटर र ज्यामितिय बक्स रहेको पनि बिधालय प्रशासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology