काठमाडौँ, ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुग्नुभएको हो । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल हुनुहुन्छ ।
देउवा ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । भदौको जेनजी आन्दोलनपछि देउवा ओली दोस्रोपटक भेटेका हुन् ।