Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने


1.6K
Shares

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने

काठमाडौं, ६ पुस । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त आन्दोलन गर्ने घोषणा गरे‍को हो । उहाँ नेतृत्वको समूहसँगै अन्य ३० बढी जेनजी समूह पनि आन्दोलनमा सहभागी हुनेछन् ।

जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिनुभयो । उहाँका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। आन्दोलन शान्तिपूर्ण तरिकाले हुन्छ । सुक्षाको जिम्मा सरकारले लिनुपर्छ,उहाँले भन्नुभयो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उहाँले सरकारको विकल्प आवश्यक रहेको बताउनुभयो । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि सबै जेनजी समूह एकतावद्ध भइसकेको उहाँको भनाइ छ ।

जुन उद्देश्यले आन्दोलन गरिएको थियो त्यो पूरा हुन सकेन । प्रधानमन्त्री सुशीला कार्कीबाट निर्वाचन पनि हुँदैन । दलहरूमा पनि उहाँले निर्वाचन गर्नुहुन्छ भन्ने विश्वास पनि छैन,उहाँले भन्नुभयो,पहिला सरकारको वैधानिकता पनि थिएन । अहिले सरकारको औचित्य पनि छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology