गोरखा, ६ पुस । गोरखा सदरमुकाममा रहेको एक आवाशिय बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लडेर मृत्यु भएको छ । ज्यान गुमाउने बिद्यार्थी कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–८ घर भएका १५ बर्षिय आदिप राना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
रानाको आज बिहान ज्यान गएको मनकाना आवाशिय बिद्यालयका शिक्षक अनिल अंगाईले जानकारी दिनुभयो । सोही बिद्यालयमा नै बस्दै आएका उनलाई आज बिहान उपचारकोलागि गोरखा अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको हुन् ।
‘हिजो राती खाना खाएर कोठामा सबै साथीहरु संग टिभी हेर्दै थियो’ उहाँले भन्नुभयो ‘साथीहरुलाई छाती दुख्यो भनेर भनेछन् । हामीले तत्कालै एम्बुलेन्स मार्फत अस्पताल ल्यायौ तर उनी जिवित रहेनन् ।’
छाती दुख्यो भन्ने बित्तिकै शौचालय गएका उनले शौच गरेको र शौचायलबाट फर्कदा कोठामा लडेका थिए । एम्बुलेन्समा गोरखा अस्पताल ल्याउदा पनि रगतै छादेको पनि शिक्षक अंगाईले बताउनुभयो ।
शनिबार राती १०ः३० बजे छाती दुख्यो भनेका रानालाई गोरखा अस्पतालले ११ः३० बजे मृत घोषणा गरेको अस्पताल प्रशासनले बताएको छ ।
कक्षा ७ मा अध्ययनरत राना गत बर्ष मात्र बिद्यालयमा कक्षा ६ मा भर्ना भएका थिए । घटना लगत्तै बिद्यालयल प्रशासनले रानाको परिवारलाई यर्थाथ जानकारी गराएको र उनीहरु गोरखा आईपुगेका छन् ।
मृत्तक बिद्यार्थीको परिवारले प्रहरीमा जाहेरी दिएर शव पोष्टमार्टम पछी परिवारले वुझेर कञ्चनपुर नै लगेको पनि प्रअ अंगाईले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले भने घटना बारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।