Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा सेवा समाज कतारले स्थापना दिवस मनायो


1.3K
Shares

गोरखा सेवा समाज कतारले स्थापना दिवस मनायो

 

गोरखा, ६ पुस । गोरखा सेवा समाज कतारले आफ्नो स्थापना दिवस भब्य रुपमा मनाएको छ । कतारको राजधानी दोहाको सनैयामा रहेको फुलबारि रेस्टुरेन्टको विविध साँस्कृतिक कार्यक्रम गरेर २३ ओै स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा समाजका संस्थापक बुधबल गुरुङले समाजको स्थापनादेखि हालसम्मको अवस्थाको अनुभवलाई स्मरण गर्दै डिसेम्बर १२ तारीक २००३ का दिनमा ‘गोरखा प्रवासी संघ’ नामकरण गर्दै समाजको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा गोरखा जिल्लाको भौगोलिक ,साँस्कृतिक ,धार्मिक र पर्यटकिय स्थल र त्यहाँ पाईने जडिबुटिहरूको बारेमा तयार गरिएको भिडियो प्रदर्शन गरिएको थियो ।

नेपालबाट आएका अतिथि कलाकार सारेगमा लिल च्याम्प सिजन–१ का फाइनलिस्ट गायक अरुण सुनार, गायक तथा संगीत बिसी र पुकार थापा साथै गायिकाहरू रेश्मी सेन्चुरी, तारा बिसी र गुना मगरले आ(आफ्नो प्रस्तुती दिउका थिए ।

त्यस्तै सम्झना गुरुङ, र सानुमाया गुरुङले युगल नृत्य साथै सरिता बान्तवा राई, सृष्टि लामा, प्रिया लामा, सानुमाया र सलिना सीं ठकुरीले एकल नृत्य प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा ग्लोबल गोरखा समाज उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology