Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा बस र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइलक चालक घाईते


1.4K
Shares

गोरखामा बस र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइलक चालक घाईते

 

गोरखा, ६ पुस । हिजो शनिबार सिरानचोकको भाईरल सडकमा बस र मोटरसाईकल ठक्कर खादा १ जना घाईते भएका छन् । दुर्घटनामा गोरखा नगरिपालिका–१० छेवेटार बस्ने सुदिप बोगटी घाईते भएका छन् ।

सिरानचोक गाउँपालिकाको(२ स्थित तल्लो पामको खल्तुङ्ग भाइरल मोड नजिक नारायणगढदेखि भच्चेक तर्फ जादै गरेको ग २ ख ७०९ नम्बरको बस र बिपरित दिशाबाट आएको बा।प्रदेश(०६ ( ००१ प ९४१७ नम्बरको मोटरसाईकल एकापसमा ठोक्किदा मोटरसाईकल चालक बोगटी घाईते भएको गोरखा प्रहरीले जानकारी दिएको हो ।

घाइते बोगटी नेपाली सेनाको बालिबक्स गण काठमाडौंमा कार्यरत प्यूठ भएको हुन् । उनी कार्य क्षेत्र जादै गर्दा दुर्घटनामा परेको हुन् ।

घाईते भएका मोटरसाईकल चालक बोगटीलाई प्रादेशिक अस्पताल गोरखामा उपचार गरी घर फर्किएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology