गोरखा, ५ पुस । प्रजातान्त्रिक बिचार समाजको गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य निर्विरोध चयन हुुनुभएको छ । शुक्रबार गोरखा सदरमुकाममा भएको ८ औं अधिवेशनले आचार्यको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको हो ।
निर्वतमान अध्यक्ष रामशरण आचार्यको अध्यक्षतामा भएको अधिवेशनले उपाध्यक्षमा शरदबावु श्रेष्ठ, सचिवमा सञ्जय अधिकारी, सह–सचिवमा केशर सिंह बस्नेत तथा कोषाध्यक्षमा सबिना पोखरेल निर्विरोध चयन भएका छन् ।
त्यस्तैगरी, सदस्यहरुमा सरिता अर्याल, सरोज अर्याल, नबिन श्रेष्ठ, ईश्वरबहादुर परियार, कृृण्ण प्यारा श्रेष्ठ, शिव बहादुर थापा, बद्रि प्रसाद पोखरेल, मिना वाग्ले, चन्द्र बहादुर देवकोटा र दिपेन्द्र अर्याल चयन भएका छन् ।
सोही अधिवेशनले लुमनाथ लामिछाने, यदु प्रसाद अधिकारी र रामशरण आचार्य चयन भएको सह–सचिव बस्नेतले बताउनुभयो ।