Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने


714
Shares

उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने

चितवन, ५ पुस । उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ । भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसक्नुभएको छ ।

भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पन सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सो पार्टीका चितवन जिल्लाका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको कार्यक्रममा सहभागीहरु आउनेछन् । उहाँले भेलाले तर्दथ समिति गठन गर्ने र त्यसपछि मात्रै जिल्ला समितिले औपचारिक रुप पाउने बताए । उनले जिल्लाका भरतपुर महानगरपालिकासहित ७ वटै पालिकामा पार्टीले कमिटीहरु गठन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology