Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रास्वपाको लिडरसिप फोरममा गोरखाका थापा सहित १७ जना मनोनीत 


959
Shares

रास्वपाको लिडरसिप फोरममा गोरखाका थापा सहित १७ जना मनोनीत 

 

गोरखा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज लिडरसिप फोरममा आज १७ जना नेतालाई मनोनित गरेको छ ।

शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले गोरखाका नवराज थापा सहित १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

थापा स‌गै ललितपुरका समीक्षा बास्कोटा, सुनसरीका प्रकाशचन्द्र परियार र सुदन श्रेष्ठ, चितवनका बिमला अधिकारी, काठमाडौ‌का रन्जु दर्शना, धनेज थापा र अजित खड्का, कास्कीका पवित्रा थापा, नुवाकोटका बिमल तामाङ र दामोदर नेपाल, ललितपुरका समुन्द्र केसी, चितवनका आशुतोष प्रधान, भक्तपुरका सुरज प्रधान, बाराबाट रुस्तम अन्सारी र डा सुशील शाह तथा रुपन्देहीबाट शीतल भुसाललाई मनोनित गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology