Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश


1.5K
Shares

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश

बुटवल, ३ पुस । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई २ करोड ६८ लाख रुपियाँ जमानत राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।

बिहिवार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा भएको मुद्दाको सुनुवाइमा रविलाई थुनामुक्त गर्ने आदेश भएको हो ।

यसअघि लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी बुटवल इजलासमा निवेदन दिनुभएको थियो । सो मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने त्यसअघि दुईपटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology