Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेकपा एमालेको ११ औं महाधिवेशन : गोरखाबाट उम्मेवारी दिएका ४ जना मध्य बस्नेत र लामिछाने बिजयी


1.1K
Shares

नेकपा एमालेको ११ औं महाधिवेशन : गोरखाबाट उम्मेवारी दिएका ४ जना मध्य बस्नेत र लामिछाने बिजयी

गोरखा, ३ पुस । नेकपा एमालेको ११ औं महाधिवेशनमा गोरखाबाट उम्मेवारी दिएका ४ जना मध्य २ जना विजयी भएका छन् । विजयी हुनेमा रामशरण बस्नेत र आरसी लामिछाने हुन् ।

अन्य २ जना प्रेम गुरूङ र अब्दुस मियाँले भने हारेका छन् । केन्द्रीय सदस्य विजयी भएका बस्नेतले १ हजार ४१९ मत ल्याएर थिए । बस्नेतले गण्डकी प्रदेश खुलातर्फ उम्मेदवारी दिएका निुभएको थियो ।

उहाँले अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवारी दिनुभएको थियो । गोरखा नगरपालिका–३ नारेश्वर घर भएका बस्नेत गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री पनि हुन् । उहाँ पहिले पनि एमाले केन्द्रीय सदस्य हुनुहुन्थ्यो । केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएका आरसी लामिछानेले १ हजार ८४९ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँले भूगोल सम्पर्क समन्वय खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दिनुभएको थियो । एमाले केन्द्रीय सदस्यमा पराजित भएका प्रेम गुरूङ गण्डकी प्रदेश भूगोलतर्फबाट उम्मेदवारी दिएका थिए ।

उनले जम्मा ७९१ मत ल्याएका थिए । गुरूङ एमाले गोरखाका पूर्वअध्यक्ष हुन् । गुरूङ ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्य लडेका थिए । एमाले केन्द्रीय सदस्यमा नै हारेका गोरखाका अब्दुस मियाँ केन्द्रीय सदस्य समावेशी मुस्लिम खुलातर्फ उम्मेदवारी दिएका थिए ।

मियाँले जम्मा ६७० मत ल्याएर पराजित भएका हुन् । केन्द्रीय सदस्य समावेशी मुस्लिम खुलातर्फ ४ जना निर्वाचित हुने व्यवस्था भएकोमा १० जना उम्मदेवारहरुले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology