Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धार्चे गाउँपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरूका लागि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सुरु

1.1K
Shares

धार्चे गाउँपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरूका लागि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सुरु

गोरखा, ३ पुस । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरूका लागि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सुरु भएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं. २, ६ र ७ का उपभोक्ता समितिका पदाधिकारीहरुका लागि बुधबार  योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास योजनाहरूलाई प्रभावकारी, पारदर्शी र समयमै सम्पन्न गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

अभिमुखीकरणमा सहभागीहरुलाई योजना सम्झौता प्रक्रिया, योजना सुरु गर्नुपर्ने औपचारिक चरणहरु, कार्यान्वयनका विभिन्न चरण, बजेट व्यवस्थापन, आर्थिक अनुशासन, भुक्तानी प्रक्रिया, प्राविधिक मापदण्डको पालना, गुणस्तर सुनिश्चित गर्ने उपाय तथा योजना अनुगमन र मूल्याङ्कनका विषयमा विस्तृत जानकारी गराइएको आयोजकको भनाई छ ।

त्यस्तै सहभागीहरुलाई सार्वजनिक खर्चमा पारदर्शिता कायम गर्ने, योजना सञ्चालन गर्दा कानुनी तथा प्राविधिक मापदण्ड नछोड्ने र समुदायको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष जोड दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उपभोक्ता समितिहरू स्थानीय विकासका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै योजना कार्यान्वयनमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले योजना समयमा सम्पन्न भए मात्र विकासको प्रतिफल आम नागरिकले अनुभूति गर्न सक्ने बताउनुभयो । त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले महिला, दलित र सीमान्तकृत समुदायको सहभागितालाई योजनामा समावेश गर्न उपभोक्ता समितिहरूले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ, गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, सम्बन्धित वडा अध्यक्षहरु, वडा सदस्यहरु, प्राविधिक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

गाउँपालिकाले बुधबार वडा नम्बर १ र ३ का उपभोक्ता समितिका पदाधिकारीहरु तथा विहिबार वडा नम्बर ४ र ५ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई पनि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ, गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, सम्बन्धित वडा अध्यक्षहरु, वडा सदस्यहरु, प्राविधिक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology