Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एमाले मतगणना अपडेट : परिणाम आउन ३ घण्टा लाग्ने, दुवैतर्फका ५र५ प्रतिनिधि बस्ने


1.3K
Shares

एमाले मतगणना अपडेट : परिणाम आउन ३ घण्टा लाग्ने, दुवैतर्फका ५र५ प्रतिनिधि बस्ने

 

काठमाडौं,३ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ ।

आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५र५ जना प्रतिनिधि राखिएको छ ।

‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुइवटै उम्मेदवारको तर्फबाट ५’५ जना प्रतिनिधि राखेका छौं,’ उहाँले भन्नुभयो ।

ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा २ र अरु प्राविधिकको रुपमा २ जना पनि राखिएको उहाँले बताउनुभयो । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेसिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भन्नुभयो ।

प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने छ । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology