गोरखा, ३ पुस । गोरखा सदरमुकामको बाह्र किलो क्षेत्रमा आज बिहान जिप दुर्घटनामा परेको छ । दुर्घटनामा कसैलाई पनि कुनै पनि क्षति नभएको बाह्र किलो प्रहरीले जनाएको छ ।
गोरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेको ग ३ च ८६८३ नम्बरको टाटा योध्दा जिप दुर्घटनामा परेको हो । जिपमा चालक मात्र सवार रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
गोरखा नगरपालिका(११ को बाह्र किलो बजारमा भएको उक्त दुर्घटनामा चालक र सवारी समेतमा कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ ।
बिहान ८स्३० बजे भएको उक्त दुर्घटनामा चालक शंकर कुमाल रहेको र सवारीको ब्रेक नलाग्दा नालामा पल्टिएको स्थानिय सुरेन कुवरले जानकारी दिनुभयो ।
उक्त सवारीमा किराना पसलका सामाग्रीहरु रहेको गोरखा प्रहरीले जनाएको छ ।