Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले महाधिवेशन : पाँचौ दिन मतदान जारी


847
Shares

एमाले महाधिवेशन : पाँचौ दिन मतदान जारी

काठमाडौँ, २ पुस । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौ दिन आज विहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा विहानै मतदान गर्नुभएपछि विहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।

भृकुटीमण्डपमा जारी महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ । एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ । मतदान प्रक्रिया सकिन करिब चार बज्ने र आजै परिणाम आउने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology