Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस सेन्टर नेपाल जापान शाखाद्वारा पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न


1.9K
Shares

प्रेस सेन्टर नेपाल जापान शाखाद्वारा पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न

 

सन्दिप सुनार ।
मंसिर २९, जापान । प्रेस सेन्टर नेपाल जापान शाखा द्वारा नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

आईतबार पत्रकार महासंघको गएको नोभेम्बर २३ तारिख भएको छैटौँ अधिवेशनको निर्वाचनबाट नवनिर्वाचित रविन्द्र श्रेष्ठ ञगोरखाली नेतृत्वको कार्यसमितिलाई टोकीयोको करूवा कोईवा नेपाली रेस्टुरेण्टमा एक समारोहका बिच खादाले बधाई तथा सम्मान गरिएको प्रेस सेन्टर नेपाल जापान शाखाका सचिव विनोद ढकालले जानकारी दिनुभयो ।

उहाका अनुसार नेपाल पत्रकार जापान शाखाका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपाल ऐसिया प्रदेश प्रवास समितिका उपाध्यक्ष तिलक मल्लले कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी नेपाल कम्युनिष्ट पार्टी निकट ऐसिया प्रदेश प्रवास समितिका उपाध्यक्ष डा भुपालमा श्रेष्ठ नेकपा निक्ट प्रवास समितिका सदस्य हवल चन्द्र लामा, नेपाली जनप्रगतिशिल मञ्च जापान समितिका अध्यक्ष मोहन पौडेल, ईन्चार्ज सालिकराम भण्डारी, नेपाली व्यवसायी संघ जापानका महासचिव वावुराम पौडेल, नेपाली जनप्रगतिशिल मञ्च जापानका उपाध्यक्ष श्रवण सत्यल प्रेस सेन्टर नेपाल जापान शाखाका ईन्चार्ज जिपी लामीछाने, पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरू लगायत प्रेस सेन्टर निकट नेता कार्यकर्ताको उल्लासमय उपस्थिति रहेको ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले पत्रकारिता पेशा सधै स्वतन्त्र र निष्पक्ष सहित फराकिलो हुनु पर्नेमा जोड दिईएको ढकालले बताउनु भयो। प्रेस सेन्टर नेपाल जापान शाखाका अध्यक्ष सन्दिप सुनारको अध्यक्षतामा सम्पन्न भएको बधाई ज्ञापन कार्यक्रमको सेन्टरका नेता विमल श्रेष्ठले सञचालन गर्नु भएको थियो्र ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology