गोरखा, २९ पुस ः उत्तरी गोरखाको धार्चे गाउँपालिकामा नेकपा एमाले धार्चे गाउँपालिका पार्टी कमिटीका उपाध्यक्षसहित ३९ जना एमाले र काँग्रेसका स्थानीय नेता कार्यकर्ता नेपाली कम्युुनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाले आइतवार माछीखोलामा आयोजित पाटीको पालिकास्तरी एकता सन्देशसभामा काग्रेस र एमाले दर्जनौ नेता कार्यकर्ताले पाटी छोडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नेकपा गण्डकी प्रदेश समितिका सदस्य लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

सो अवसरमा नेकपा एमाले धार्चे गाउँपालिका पार्टी कमिटीका उपाध्यक्ष बुधबहादुर गुरुङ नेकपामा प्रवेश गर्नुभएको उहाँले बताउनुभयो । गुरुङसहित एमालेबाट गुम्दाका २ जना स्थानीय नेता पनि नेकपामा प्रवेश गरेको प्रदेश समितिका सदस्य गरुङले जानकारी दिनुभयो । त्यसवाहेक पार्टी प्रवशे गर्ने अन्य ३६ जना नेपाली काग्रेसका स्थानीय नेता कार्यकर्ता रहेको उहाँको भनाई छ ।

नवप्रवेशीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका नेता हरीराज अधिकारी, साविक माओवादी केन्द्र गोरखाका संयोजक एवं पूर्वमन्त्री छमबहादुर गुरुङ, प्रदेश सदस्य लक्ष्मण गुरुङ, गाउँपालिका पार्टी समितिका अध्यक्ष सूर्यबहादुर गुरुङलगायतले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पाटी प्रवेश गरेका कतिपय २०७९ को स्थानीय तहको निर्वाचनमा एमाले र काँग्रेसबाट वडासमितिका उमेद्वार बनेकाहरु समेत रहेका छन् । नवप्रवेशीहरुले नेकपाको विचार र सिद्धान्तले मात्र देशको विकास र परिवर्तन सम्भव भएकाले पार्टीमा प्रवेश गरेका बताएका छन् । सन्देशसभा नेकपा धार्चे गाउँपालिका पार्टी समितिका अध्यक्ष सुर्यबहादुर गुरुङ (विस्पोट) को अध्यक्षतामा सम्पन्न भएको हो ।