Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एमाले ११ औँ महाधिवेशन : गोरखाबाट प्रेम बहादुर गुरुङ केन्द्रीय सदस्यका दाबेदार


1.3K
Shares

एमाले ११ औँ महाधिवेशन : गोरखाबाट प्रेम बहादुर गुरुङ केन्द्रीय सदस्यका दाबेदार

काठमाडौं, २९ मंसिर । २७ मङ्सिर २०८२ । आजबाट शुरु भएको नेकपा एमालेको ११औँ महाधिवेशनका लागि गोरखा २ बाट प्रेम बहादुर गुरुङ केन्द्रीय सदस्यमा भिड्दै हुनुहुन्छ ।

उहाँ गोरखा, सिरानचोक–७ का प्रेम बहादुर गुरुङ अनुभवी, समर्पित र सिद्धान्तमा अडिग नेताका रुपमा चिनिनुहुन्छ। साधारण गाउँमा जन्मिनुभएका उहाँ २०४२ सालमै विद्यार्थी राजनीति थालनी गर्नुभएको थियो । उहाँ ठाकुरराम बहुमुखी क्याम्पसमार्फत अखिल विद्यार्थी युनियनमा जोडिनुभएको थियो ।

उहाँले संगठन विस्तार र विभिन्न आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएबको छ । २०४९ सालदेखि उहाँ नेपाल कम्युनिस्ट पार्टी एमालेमा पूर्णकालीन कार्यकर्ता बन्नुभयो । त्यसपछि गुरुङ निरन्तर गण्डकी अञ्चललाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर संगठन निर्माणमा होमिनुभएको हो ।

माओवादी द्वन्द्वका बेला उहाँलाई राज्य पक्षले पक्राउ गरी शारीरिक र मानसिक यातना दियो । यस्तै माओवादी पक्षबाट पनि मानसिक, तथा शारीरिक दवाब झेल्नुभयो । जेल जीवन पनि भोग्नुभएका गुरुङले पार्टी संगठन विस्तारमा निरन्तरता दिइरहनुभएको छ ।

एमालेको ११ औँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा जितेमा उहाँले जिल्लामा पार्टीको विचार निर्माण र संगठन निर्माणमा केन्द्रीत रहने बताउनुभएको छ ।

मंसिर २७ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन २९ गतेसम्म चल्नेछ । केन्द्रीय महाधिवेशनका लागि गोरखाबाट नौ जना महाधिवेसन प्रनिनिधि छनौट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology