भक्तपुर, २७ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी ९नवयुवा० को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुरमा उद्घाटन गरेर काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा ९एमाले० ले जनाएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् ।
ती जुलुस सल्लाघारीमा पुगेर उद्घाटन सभामा परिणत हुने छ । सिङ्गो काठमाडौँ उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुने एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउने छौँ,” एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दै छ ।
महाधिवेशनमा हुन सक्ने सवारी व्यवस्थापनलाई ध्यानमा राखेर एमालेले काठमाडौँतर्फबाट आउने सहभागीसहितका गाडीलाई गट्ठाघरमै रोक्ने तालिका बनाएको छ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३।१ किलोमिटर दुरी रहेको छ । त्यति दुरी जुलुससहित पुग्ने गरी व्यवस्थापन मिलाइएको देउजाले बताउनुभयो । पूर्वी नाका हुँदै आएका गाडी जगातीमै रोकिने छन् । त्यहाँ रहेका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ । “ललितपुरबाट आएका गाडी, सहभागीहरू शङ्खधर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,” एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले भन्नुभयो । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताउनुभयो ।
उद्घाटन समारोहमा तीन लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ । उद्घाटन समारोह सकिएपछि भोलिपल्टदेखि भृकुटीमण्डपमा बन्दसत्र आयोजना हुने छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरू भक्तपुरमा भेला भएका छन् । यिनै प्रतिनिधिहरूले एमालेको नयाँ नेतृत्व चयन गर्ने छन् ।
महाधिवेशन जनपरिचालन कमिटीका संयोजक डा। राजन भट्टराईले एमालेले ११ औँ महाधिवेशनबाट नयाँ मानक स्थापित गर्ने दाबी गर्नुभयो । भट्टराईले महाधिवेशनको उद्घाटनसत्रका लागि अहिलेसम्म कसैले नबनाएको ठुलो र प्रविधियुक्त मञ्च तयारी गरिएको उल्लेख गर्नुभयो ।