Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य : पूर्वमुख्यमन्त्री पाण्डे


1.4K
Shares

संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य : पूर्वमुख्यमन्त्री पाण्डे

गोरखा, २६ मङ्सिर । बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधानलाई ‘ट्रयाक’ ल्याउन निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । नेपाली कम्युनिस्ट पार्टी गोरखाले सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्नुहुँदै उहाँले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

‘‘संविधान अहिले ‘लिग’ बाट बाहिर पुगेको अवस्था छ, तर चुनाव सम्पन्न भएपछि संविधान पूर्ण रुपमा ‘लिग’ फर्किनेछ, उहाँले भन्नुभयो, “संसद पुर्नस्थापनाले देशलार्ई फेरि अर्को द्धन्दमा धकेल्ने सम्भावना रहेको निर्वाचनमार्फत नै संविधानलाई सहि ‘ट्रयाक’ हिडाउनु आवश्यक छ ।’’
उहाँले अहिलेको जटिल राजनीतिक परिस्थितिमा बृहत कम्युनिस्ट एकता अपरिहार्य भएको बताउनुभयो । “भत्किएको सिंहदरबार सम्हाल्ने ठाउँमा पार्टीलाई पु¥याउन, देशलाई सही दिशामा लैजान र संविधानले देखाएको मार्ग कार्यान्वयन गर्न बलियो कम्युनिस्ट पार्टी आवश्यक छ, नेता पाण्डेले भन्नुभयो, ‘‘त्यसका लागि नेपाली कम्युनिष्ट पार्टी एकमात्र विकल्प हो ।’’

पार्टी एकताका क्रममा आएका विभिन्न आरोपप्रति प्रतिक्रिया जनाउँदै एमाले फुटाएर माओवादीसँग एकता गर्न खोजिएको वा माओवादीले विचार छोडेको जस्ता टिकाटिप्पणीहरु निराधार रहेको भन्दै उहाँले पार्टी एकताको मूल आधार माक्सवाद–लेनिनवादको मार्गदर्शनमा आधारित नेपाली मौलिकताको समाजवाद भएको उल्लेख गर्नुभयो ।

“हामी कठिन अवस्थामा छौँ, तर दृष्टि स्पष्ट छ,” नेता पाण्डेले भन्नुभयो, “जेनजी आन्दोलनका बेला जसले नागरिक र जनधनको रक्षा गर्नुपर्ने थियो, उसले गर्न सकेन्, यसले देश गम्भीर अवस्था छ भन्ने स्पस्ट हुन्छ, यस्तो अवस्थामा चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका यथावत छ ।” उहाँले संघीयताले महिला, आदिवासी जनजाति तथा विविध भाषिक समुदायलाई नीतिनिर्माणको तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै संघीयतालाई कमजोर पार्ने वा अस्विकार गर्नेहरुसंग सचेत हुनुपर्ने बताउनुभयो ।

“धेरैले रगत बगाएर ल्याएको संघीयताको विरुद्ध जान दिन सकिंदैन,” नेता पाण्डेले भन्नुभयो, ‘अहिले देशमा राजा फर्काउनेदेखि संविधान पुर्नलेखनसम्मका आवाज उठिरहेको अवस्थामा यस्ता अस्थिरतालाई ठेगान लगाउने एक मात्र उपाय समयमै निर्वाचन गर्नु नै हो ।’’ संविधानका कमजोर पक्ष सुधार्दै यही संविधानकै माध्यमबाट समृद्ध नेपाल निर्माणको ऐतिहासिक कार्यभार पुरा गर्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology