Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

थाइल्याण्डमा संसद विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त


1.1K
Shares

थाइल्याण्डमा संसद विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

बैङ्कक, २६ मङ्सिर । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नु भएको छ । उक्त कदम छिमेकी क्याम्बोडियासँग जारी सीमा विवादको बिचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको निर्णय हो ।

सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीको सामना गरिरहेको र स्थिर तथा प्रभावकारीरूपमा प्रशासन सञ्चालन गर्न कठिनाइ भइरहेको हुँदा नयाँ निर्वाचन गर्नु उपयुक्त उपाय ठहरिएको उल्लेख छ ।

थाइल्याण्डको कानुनअनुसार, संसद विघटन भएपछिका ४५(६० दिनभित्र मतदान हुनुपर्छ, त्यसैले मतदान जनवरी अन्त्य वा फेब्रुअरी सुरुमा हुने अपेक्षा गरिएको छ ।

क्याम्बोडियासँगको सीमा विवादमा कम्तीमा २० जनाको ज्यान लिएको र करिब ६ लाख नागरिक विस्थापित भएको छन्, जसमध्ये अधिकांश थाइल्याण्डमा छन् । झडपमा हवाई आक्रमण र ट्याङ्क प्रयोग भएको र दुबै देशले एक अर्कालाई जिम्मेवार ठहराएको जनाइएको छ ।

प्रधानमन्त्री अनुटिनले संसद विघटन गर्दा गठबन्धन साझेदारको अनुरोधको सम्मान गर्दै यो कदम चालिएको र ‘सत्ता जनतासँग फर्काउने’ उद्देश्य रहेको व्यक्त गर्नु भएको छ । तीन महिनाको कार्यकालमा उहाँले सीमा सुरक्षा र म्यानमाबाट आएका शरणार्थीको व्यवस्थापन जस्ता चुनौती व्यवस्थितरूपमा व्यवस्थापन गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology