Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तनहुँको छिम्केश्वरी मन्दिरबाट फर्कने क्रममा बोलेरो दुर्घटना


1K
Shares

तनहुँको छिम्केश्वरी मन्दिरबाट फर्कने क्रममा बोलेरो दुर्घटना

 

गोरखा, २६, मंसिर । छिमेकी जिल्ला तनहुँको आँबुखैरेनीमा रहेको छिम्केश्वरी मन्दिर दर्शन गरेर फर्कने क्रममा बोलेरे जिप दुर्घटनामा परेको छ ।

हिजो साँझ भएको उक्त दुर्घटनामा परी ४ जना गंभिर घाईते भएका छन् भने अन्य ७ जना सामान्य उपचारपछी घर फर्किएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनी चनहुँका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार साँझ ६ बजे मन्दिर दर्शन गरेर फर्कने क्रममा आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा जिप अनियन्त्रित भएर सडकमा नै पल्टिएको थियो ।

जिप चालक गोरखा जिल्ला, गोरखा नगरपालिका–१२ का जगन्नाथ तिवारी, सोही जिपमा सवार आँबुखैरेनी गाउँपालिका–३ का चन्द्र दर्लामी, सोही स्थानका कुमार राना र सुमित्रा थापा गंभिर घाईते भएको प्रनि सुवेदीले बताउनुभयो ।

जिप चालक तिवारी, कुमार थापा र सुमित्राको चिवतनमा उपचार जारी रहेको छ भने चन्द्र दर्लामीको राजधानीको बि एण्ड बी अस्पतालमा उपचार जारी रहेको छ ।

११ जना सवार रहेको ग- ३ च ६८७१ नम्बरको जिपमा सवार अन्य गोरखा जिल्ला, गोरखा नगरपालिका–११ की र्तिसना राना, सरस्वती राना, लिला राना, झुपी राना, पवित्रा राना, समित्रा राना र बारपाक सुलिकोट गाउँपालिका–६ का सुक बहादुर राना आँबुखैरेनी अस्पतालमा उपचार पछी घर फर्किएको प्रनि सुवेदीले जानकारी दिनुभयो । उहँका अनुसार दुर्घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology