Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

त्रिशुली नदिमा खसेका गोरखाका तिवारीको सकुसल उद्धार


1.4K
Shares

त्रिशुली नदिमा खसेका गोरखाका तिवारीको सकुसल उद्धार

चितवन, २५ मंसिर । भीरबाट त्रिशुली नदीमा खसेका एक व्यक्तिको उद्धार गरीएको छ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं। ४ राइनस घाटमा  मलामी जाने क्रममा गोरखाका अन्दाजी वर्ष ५१ का दिपक तिवारी सडकबाट करिब ५० मिटर तल त्रिशुली नदिमा खसेर नदीमा डुब्दै गरेको अवस्थामा सशस्त्र प्रहरीबलको टोलीले सकुशल उद्धार गर्न सफल भएको हो ।

इन्स्पेक्टर प्रेम तामाङको कमाण्डमा नदीमा बिपद व्यवस्थापन तालिम गरिरहेको अवस्थमा उक्त ब्यक्ति भीरबाट खसेर नदीमा डुब्दै गरेको देखेपछि सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर चलाउने र हवल्दार टिका राम श्रेष्ठले तुरन्तै उद्धार गरी कुरिनटार स्थित रहेको ट्रमा सेन्टरमा पठाएको थियो भने घाइतेको थप उपचारको लागि भरतपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology