Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चुमनुब्री गाउँपालिकामा वन डढेलो सम्बन्धी विशेष सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न


1.2K
Shares

चुमनुब्री गाउँपालिकामा वन डढेलो सम्बन्धी विशेष सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखा, २४ मंसिर । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा वन डढेलो सम्बन्धी विशेष सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय यस क्षेत्रमा बढ्दो वन डढेलोका घटना र त्यसले समुदाय तथा वातावरणमा पारिरहेको दुष्प्रभावलाई मध्यनजर गर्दै एमक्यापले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न स्थानमा गोठ बनाएर बस्दै आएका गोठाला समूहका प्रतिनिधिहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

कार्यक्रममा वन डढेलोका कारण, जोखिम, क्षति, रोकथामका उपाय, स्थानीयको भूमिकादेखि डढेलो नियन्त्रणका व्यावहारिक सीपसम्मका विषयमा गोठालाहरुलाई अभिमुखीकरण प्रदान गरिएको उहाँले बताउनुभयो । सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा चुमनुब्री गाउँपालिकाकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले स्थानीय स्तरमै डढेलो नियन्त्रण र रोकथामका गतिविधि सशक्त बनाउन समुदायकै अग्रसरता अपरिहार्य रहेको बताउनुभयो ।

स्थानीय भाषा र आफ्नै शैलीमा प्रस्तुत गरिएको कार्यक्रमले समुदायमा अझ प्रभावशाली ढंगले सन्देश पु¥याएको उहाँको भनाई थियो । कार्यक्रममा चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार गुरुङ, पाङसिङ गुम्बाका प्रमुख लामा कृष्ण लामालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुले वन तथा प्राकृतिक स्रोत–साधन संरक्षणमा स्थानीय समुदायको नेतृत्व र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

सहभागीहरूले पनि हालै भएका डढेलोका घटनाले चरन क्षेत्रदेखि बस्ती र वन्यजन्तुसम्ममा पु¥याएको हानीबारे आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रमका डढेलो नलाग्ने तरिका, जोखिम कम गर्ने उपाय, नियन्त्रणका प्राथमिक विधि तथा साधनको सही प्रयोगबारे सहभागीहरुलाई जानकारी गराइएको आयोजक एमक्याप गोरखाले जनाएको छ ।

“वन जोगाऔँ, वातावरण बचाऔँ” भन्ने नारासहित सम्पन्न कार्यक्रमले स्थानीय स्तरमा डढेलो नियन्त्रणको सन्देश प्रवाह गर्न भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले प्राप्त ज्ञानलाई आफ्ना गोठ, चरन क्षेत्र तथा बस्ती वरपर व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology