Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

देशभरका भन्सार कार्यालय सञ्चालनमा


1.1K
Shares

देशभरका भन्सार कार्यालय सञ्चालनमा

काठमाडौं, २४ मङ्सिर । मङ्सिर २१ गतेबाट लागू भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।

भन्सार विभागका निर्देशक सूचना अधिकारी किशोर वर्तौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘भन्सार ऐनमा भएका कतिपय प्रावधान र जरिवानाका विषय उठान भएका थिए, कतिपय विषय विनियमावली बन्ने क्रममा रहेकाले स्पष्ट हुने छन् र कतिपय विषय सबै पक्षले ध्यान दिनुपर्नेछ, आजबाटै देशैभरका सबै भन्सार कार्यालय सञ्चालनमा आएका छन् ।’’

विभागले आजै प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘भन्सार एजेण्ट महासंघको तर्फबाट विभिन्न किसिमका मागहरु भन्सार विभागमा पेश गरिएकोमा व्यवस्थापन सुधार गर्ने र विभाग र कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरु विभाग र कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवम् नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय भएको छ ।’’

यो निर्णयसँगै सबै कार्यालय सञ्चालनमा आएको भनाइ निर्देशक वर्तौलाले बताउनु भयो । नेपालमा उत्तरतर्फ ९, दक्षिणतर्फ २९, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय छन् भने चोभारमा एउटा सुख्खा बन्दरगाह छ ।

blog

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology