Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित


1.5K
Shares

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

 

हेटौंडा,२१ मंसिर  । सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ ।

हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सडक डिभिजनले शनिबार एकैदिन करिब ५०० वटा घर भत्काएको थियो । भत्काइएको घरबाट सामन निकाल्न दुई दिनको समय दिइएको उहाँले बताउनुभयो ।

‘सडक सीमा संरक्षण अभियानको क्रममा प्रकाशित सूचनाका विरुद्ध केही सरोकारवालाहरूबाट सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेसभई सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२र०८र१९ मा जारी उत्प्रेषण आदेश मिति २०८२र०८र२१ गते, दिनको १२स्४६ मा म्याद तामेल भएकोले सम्मानित अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेख गरिएका कार्यहरू हाललाई स्थगन गरिएको व्यहोरा अनुरोध छ,’ डिभिजन प्रमुख अधिकारीले भन्नुभयो ।

सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न १९ मंसिरमा उत्प्रेषण आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology