Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भारतीय नम्बर प्लेटको कार दुर्घटना स् तीन जना घाइते


945
Shares

भारतीय नम्बर प्लेटको कार दुर्घटना स् तीन जना घाइते

वालिङ स्याङ्जा, १८ मङ्सिर । सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३ नम्बरको कार करिब बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गल्याङ चौकीबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology