गोरखा, १७ मंसिर । गोरखा जेसिजद्धारा बालबालिकाहरुलाई झोला बितरण गरेको छ । जेसिजले शहिद लखन गाउँपालिका–७ स्थित काहुँले भंगारमा रहेको लखन थापा प्राविका ससाना बालबालिकाहरुलाई झोला बितरण गरेको अध्यक्ष सुमन गुरुङले जानकारी दिनुभयो ।
‘वडाको सिफारी र स्कुलको माग अनुसार बालबालिकाहरुलाई झोला बितरण गरेका हौ’ अध्यक्ष गुरुङले भन्नुभयो ‘स्कुलबाट माग भए अनुसारको ५४ जनालाई झोला बितरण गर्यौ ।’
जेसिजले केन्द्रिय अध्यक्ष सिनेटर रजनी थापाको प्रमुख आतिथ्यतामा स्कुलका अध्ययरनत ५४ जना बालबालिकाहरुलाई एक कार्यक्रम गरी झोला बितरण गरेको अध्यक्ष गुरुङले बताउनुभयो गोरखा शाखाका पुराना सदस्य प्रजुला श्रेष्ठको आर्थिक सहयोगमा खरिद गरिएका झोला हिजो मंगलबार स्कुल प्राङगणमा नै पुगेर जेसिजले बितरण गरेको थियो ।
कार्यक्रममा शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठको समेत उपस्थिती रहेको गोरखा जेसिजले जानकारी दिएको छ ।