Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक


1.1K
Shares

महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक

काठमाडौं, १५ मङ्सिर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ । उहाँका पिता आयुर्वेदिक चिकित्सक डा रामनारायण साहको उपचारका क्रममा आज आज दिउँसो १२ः२० बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

ूउहाँलाई आइतबार बिहान सिभिल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौँ । आज बिहान उहाँको निधन भयो,उहाँले भन्नुभयो ।

७७ वर्षीया साहलाई पिसाबमा सङ्क्रमण भएपछि शरीरमा पनि सङ्क्रमण फैलिएको डा। रेग्मीले जानकारी दिनुभयो । डा। रेग्मीका अनुसार उहाँ मधुमेहको बिरामी हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ३ः१५ बजे पशुपति आर्यघाटमा राखिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology