गोरखा,१४ मंसिर। गोरखमा बस दुर्घटनामा परेको छ । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।
आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको उहाँले बताउनुभयो । आँबुखैरेनी(गोरखा सडक खण्डको १२ किलो भन्ने स्थानमा बस रोकिरहेको ठाउँबाटै गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए । घाईतेको प्रदेश अस्पताल गोरखामा उपचार भईरहेको र एक जनाको उपचारको लागी चितवन लगीएको प्रमुख प्रहरी उपरिक्षक बिकले बताउनुभयो ।