Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाबाट एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागी ९ जना चयन


1.7K
Shares

गोरखाबाट एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागी ९ जना चयन

गोरखा, १४ मंसिर । एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनौटका लागी हिजो भएको चुनावमा ९ जना चयन भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ र २ बाट ४–४ जना र समग्र जिल्लाबाट १ जना गरी ९ जना चयन भएको एमाले गोरखाले जनाएको हो ।

क्षेत्र नम्बर १ कोलागी गोरखा सदरमुकाममा रहेको एमाले पार्टी कार्यालयमा भएको चुनावमा खुल्ला तर्फ मोहन भट्टराई र विशाल थापा चयन भएका छन् । युवा तर्फ प्रविण अधिकारी र महिला तर्फ मिना बराम चयन भएको एमाले गोरखाले जनाएको छ ।

त्यस्तैगरी क्षेत्र नम्बर २ कोलागी छेवेटार बजारमा भएको चुनावबाट खुल्ला तर्फ प्रेम गुरुङ र बावुराम थापा चयन भएका छन् । युवा तर्फ सुमन श्रेष्ठ र महिला तर्फ शान्ति चापागाई चयन भएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तैगरी, हिजै सम्पन्न निर्वाचनले समग्र जिल्लाको दलित प्रतिनिधित्व गर्दै कृण्ण नेपाली निर्वाचित भएका छन् ।

एमालेले ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ सम्म काठमाडौंमा गर्दैछ । सोही महाधिवेशनमा भाग लिन शनिबार देशभर एकैसाथ प्रतिनिधि छनौट गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology