Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमालेको महाधिवेशन प्रतिनिधि छान्न गण्डकीमा गोरखा सहित ३ जिल्लामा निर्वाचन, बाँकीमा सर्वसम्मत


889
Shares

एमालेको महाधिवेशन प्रतिनिधि छान्न गण्डकीमा गोरखा सहित ३ जिल्लामा निर्वाचन, बाँकीमा सर्वसम्मत

पोखरा, १३ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्न गण्डकीका ३ वटा जिल्लामा निर्वाचन भएको छ।

गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्ला मध्ये लमजुङ, गोरखा र नवलपुरमा निर्वाचतमार्फत महाधिवेशन प्रतिनिधि छनौट गर्न लागिएको हो । बाँकी ८ वटा जिल्लामा भने सहमतिको प्रयास भइरहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो ।

‘गण्डकी प्रदेशमा लमजुङ, गोरखा र नवलपुरमा चुनाव हुँदैछ। स्याङ्जा, बागलुङ, म्याग्दी र मनाङबाट सर्वसम्मत प्रतिनिधि छनौट भइसक्यो,’ उनले भने, ‘बाँकी जिल्लामा पनि सहमतिबाट प्रतिनिधि छनौट हुन्छ ।’

एमालेले सहमतिका नाममा माथिबाट प्रतिनिधि छनौट गर्न लागेको भन्दै कतिपय कार्यकर्ताले भने असन्तुष्टि जनाएका छन् । कास्कीबाट मात्र २२ जना प्रतिनिधि छनौट गर्न १२२ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका थिए । कास्कीमा यत्तिका धेरै महाधिवेशन प्रतिनिधिको आकांक्षी भए पनि सर्वसम्मत प्रतिनिधि चयन गर्न लागिएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले बताउनुभयो ।

‘कास्कीबाट महाधिवेशन प्रतिनिधि छनौट गर्न करिब ८० प्रतिशत सहमति जुटिसकेको छ, भरैसम्म सहमति हुन्छ,’ अधिकारीले भन्नुभयो, ‘अब महाधिवेशन प्रतिनिधिका लागि कास्कीमा निर्वाचन हुँदैन ।’

एमालेले ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ सम्म काठमाडौंमा गर्दैछ । सोही महाधिवेशनमा भाग लिन शनिबार देशभर एकैसाथ प्रतिनिधि छनौट गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology