Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मलेसियालाई हराउँदै नेपाल यु–१९ प्रिमियर कपको फाइनलमा


1.1K
Shares

मलेसियालाई हराउँदै नेपाल यु–१९ प्रिमियर कपको फाइनलमा

काठमाडौँ, १३ मङ्सिर । नेपाल संयुक्त अरब इमिरेट्स युएईमा जारी एसीसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि भन्स क्षेत्री २७ बलमा सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै, निश्चल खत्रीले १८ बलमा १५ रन बनाउँदा ओपनर निरजकुमार यादव चार रनमा आउट हुनुभयो ।

यसअघि युएईको अजमनमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७‍.२ ओभरमा सबै विकेटको क्षतिमा ५१ रन बनाएको थियो । मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाउनुभो । यस्तै, मोहमद फतुलले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितिश कुमार पटेलले सर्वाधिक चार विकेट लिनुभयो । चन्दन रामले तीन तथा कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिनुभयो । नेपालले अब उपाधिको लागि सोमबार ओमान र युएईबिचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology