Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सरकारको प्राथमिकता सुशासन र निर्वाचनः सञ्चारमन्त्री खरेल


770
Shares

सरकारको प्राथमिकता सुशासन र निर्वाचनः सञ्चारमन्त्री खरेल

काठमाडौँ, १३ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन रहेको बताउनुभएको छ ।

संखुवासभा–काठमाडौँ पत्रकार समाजले शुक्रबार आयोजना गरेको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८२ वितरण समारोहमा मन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी सुशासन प्रवर्धनलाई प्राथमिकता दिइने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारले सबैखाले तयारी गरेर निर्वाचनको माहोल बनाएको तथा राजनीतिक दलहरुले पनि निर्वाचनको माहोल बनाइरहेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सरकारको प्राथमिकता आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्नेछ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई अगाडि बढाउनुपर्नेछ, जनताको नजरमा नागरिक सरकारले नागरिकले सुन्ने र देख्खनेगरी सुशासनको क्षेत्रमा काम गर्नुपर्नेछ ।”

सञ्चारमन्त्री खरेलले पत्रकारिता क्षेत्रको योगदान तथा संखुवासभा पत्रकार समाजको सक्रिय पहलको प्रसंशा समेत गर्नुभयो । उहाँले जिम्मेवारीपूर्ण, तथ्यपरक र समाजमुखी पत्रकारिताले देशको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology