Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पानीको मूल्य बढी लिन नपाइने


1.4K
Shares

पानीको मूल्य बढी लिन नपाइने

काठमाडौँ, ९ मङ्सिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी बोतल ९प्रोसेसिङ ड्रिङकिङ वाटर० को लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढी लिएमा कारबाही हुने जनाएको छ ।

विभागले होटेल तथा रेस्टुराँले रेस्टुरेन्टमा राखिएका मेनुमा सिलबन्दी भएका बोतलमा उल्लेख गरिएको एमआरपीभन्दा बढी मूल्य उल्लेख गरेर लिने गरेको पाइएकाले अब त्यस्तो गरेको पाइएमा कारबाही हुने जनाएको हो । विभागले सोमबार विज्ञप्ति जारी गर्दै अधिकांश होटेल, रेस्टुराँले टेबुलमा राखेको मेनुमा बोतलमा उल्लेखित एमआरपीभन्दा बढी मूल्य नतिर्न आमउपभोक्तालाई समेत सचेत गराएको छ ।

बोतलमा उल्लेख गरेको मूल्यभन्दा बढी मूल्य लिएमा विभागमा मौखिक उजुरी गरे मात्रै पनि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ अनुसार कारबाही हुने जनाएको छ । विभागका प्रवक्ता भरतप्रसाद आचार्यले विभागको टोलीले होटेल तथा रेस्टुराँले अनुगमनका क्रममा टेबलमा राखिएका मेनुको मूल्य र बोतलको मूल्य तुलना गर्दा दोब्बर बढी लिएको पाइएकाले अबदेखि यस्तो गर्न सबैमा आग्रह गरिएको जानकारी दिनुभयो ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा बिक्री हुने एक लिटरको बोतल पानीको मूल्य १६ रुपियाँ तोकिएको छ । यी मूल्यभन्दा फरक पर्ने गरी होटेल तथा रेस्टुराँसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले यसअघि पानी उत्पादक कम्पनीलाई सचेत गराएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology