Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा श्रेष्ठ निर्वाचित


462
Shares

पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

टोकियो, ७ मंसिर । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका अर्का उम्मेदवार राजन गौतमलाई हराउँदै निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा मनिसा चम्लागाइ निर्वाचित भएका छन् । उपाध्यक्षमा उनीबाहेक गोकर्ण अधिकारी र बिनोद कुमार सापकोटाले पनि उम्मेदवारी दिएका थिए ।

यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल चयन भएकी छन् । सचिवमा अर्जुन लामिछाने चयन भएका छन् । सह–सचिव ९खुला० मा विष्णु प्रसाद सापकोटा र सह–सचिव ९जनजाति० मा फुर्वा शेर्पा भने निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै कोषाध्यक्षमा भूलबहादुर राना ‘निशान’ पनि निर्विरोध विजयी भएका छन् ।

खुला सदस्यहरुमा दिनेश थापा, दुर्गा प्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र बिनोद ढकाल पनि निर्विरोध रूपमा चयन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology