Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा १ हजार ८ सय १० जना मतदाताको मतदान स्थल परिवर्तनको प्रस्ताव


1.1K
Shares

गोरखामा १ हजार ८ सय १० जना मतदाताको मतदान स्थल परिवर्तनको प्रस्ताव

गोरखा, ६ मंसिर । गोरखा जिल्ला भित्रका १ हजार ८ सय १० जना मतदाताको मतदान स्थल परिवर्तनको प्रस्ताव गरिएको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकको निर्णय अनुसार बिभिन्न ५ वटा मतदानस्थलका १ हजार ८ सय १० जना मतदाताको साविकको मतदानस्थल सार्न प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिकाका २ वटा मतदानस्थल, पालुङटार नगरपालिकाका एक र सहिद लखन गाउँपालिका दुईवटा मतदानस्थलका केही मतदाताको मतदानस्थल परिवर्तन गर्न प्रस्ताव गरिएको उहाँको भनाई छ । सूचना अधिकारी सुवेदीका अनुसार चुमनुब्री गाउँपालिका–६, स्थित हाल सिम्चेत आधारभूत विद्यालय सिम्चेत मतदानस्थल रहेका ४३ जना मतदातालाई लोक्पा सामुदायिक स्वास्थ्य इकाई लोक्पा मतदान केन्द्रमा सार्न प्रस्ताव गरिएको छ ।

त्यस्तै सोही वडाको चुमलिङ आधारभूत विद्यालय चुम्चेत मतदान केन्द्रका ११९ जना मतदातलाई खार सामुदायिक खोप केन्द्र खार मतदान स्थलमा सार्न प्रस्ताव गरिएको छ ।

भौगोलिक दुरी र विकटताका कारण उनीहरुको मतदानस्थल परिवर्तनको प्रस्ताव गर्ने निर्णय समितिले गरेको हो । त्यसैगरी पालुङटार नगरपालिका–६, स्थित विरभद्र आधारभूत विद्यालय पौवाटारका ७ सय १७ जना मतदाताको मतदानस्थल जनज्वोती आधारभूत विद्यालय कालामाट पौवाटारमा सार्न प्रस्तवा गरिएको छ । साविक गाइखुर वडा नम्बर २ मतदातालाई उक्त मतदान केन्द्र अपायक र टाढा पर्ने भएकाले मतदानस्थल उक्त मतदानस्थल सार्न प्रस्ताव गरिएको छ ।

त्यस्तै सहिद लखन गाउँपालिका–३, स्थित गंगाधर्म माध्यामिक विद्यालयको मतदान स्थलका २ सय ६८ जना मतदातालाई करनटार प्रा.वि कटरटार र सोही वडाको गंगाधर्म माध्यामिक विद्यालय मतदान केन्द्रकै ६ सय ६३ जना मतदाताको मतदानस्थल जनज्वोती प्रा.वि नाम्जुङटारमा सार्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

सो केन्द्रमा ७ किलोमिटरसम्म पदैल यात्रा गरेर मतदानका लागि आउजाउ गर्नुपर्ने कठिनाइका कारण उनीहरुको मतदानस्थल परिवर्तन गर्ने प्रस्ताव वैठकले गरेको हो । उक्त प्रस्ताव केन्द्रीय मतदान केन्द्र, मतदानस्थल निर्धारणसमितिले स्विकृत गरेर पठाएमा लागू हुने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology