Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार


1.1K
Shares

म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार

काठमाडौँ, ४ मङ्सिर । आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसाइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा स्वदेश ल्याइएको जानकारी दिएको छ।

राजदूतावासका अनुसार म्यानमारको म्यावडी क्षेत्रमा अवैधरूपमा सञ्चालन भइरहेका ‘अनलाइन डेटिङ’, ‘अनलाइन क्यासिनो’, ‘गेमिङ’, ‘फिसिङ’ तथा ‘क्रिप्टो ठगी’ जस्ता कार्यमा जबरजस्ती लगाइएका ती नेपालीहरू १९ अक्टोबर २०२५ मा म्यानमार सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा मार्ने क्रममा भागेर थाइल्याण्ड प्रवेश गरेका थिए। उनीहरूलाई आज मंसिर ३ गते नेपाल एयरलाइन्सको उडान च्ब्द्धण्द्द मार्फत नेपाल ल्याइएको हो।

यसअघि पनि विभिन्न मुलुकमा यस्तै प्रकारका अवैध गतिविधिमा पर्न बाध्य बनाइएका नेपालीहरूको उद्धार जारी रहेको राजदूतावासले जनाएको छ। म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीलाई शीघ्र स्वदेश फिर्ता गराउने प्रक्रियामा समन्वय भइरहेको जानकारी राजदूतावासले दिएको छ।

राजदूतावासले वैदेशिक रोजगारीका नाममा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा ‘छिटो र धेरै पैसा कमाउने’ भनी विभिन्न व्यक्तिहरूले फैलाउने भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जानु सुरक्षित हुने राजदूतावासको सुझाव छ।

आमसञ्चार माध्यम तथा नागरिक समाजलाई जोखिमपूर्ण वैदेशिक रोजगारीका यस्ता घटना दोहोरिन नदिन सचेतना फैलाउन सहयोग गर्न पनि राजदूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology