Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ (गोरखाली)को उमेदवारी घोषणा


1.9K
Shares

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ (गोरखाली)को उमेदवारी घोषणा

सन्दिप सुनार
टोकीयो जापान, ४ मङ्सिर :  नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ (गोरखाली) ले उमेदवारी घोषणा गर्नु भएको छ । नेपाली श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जापान शाखाको  २०२५ नोभेम्बर २३ (आइतबार) का दिन हुन लागेको छैटौँ अधिवेशनमा  श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको हो ।

सहमति र सहकार्यका साथ जापानवासी नेपाली पत्रकारहरुको पेशागत हकहित तथा सुरक्षाका सवालमा भूमिका खेल्न सक्ने नेतृत्वको रुपमा आफुलाई उभ्याउदै आउनु भएका श्रेष्ठले प्रजातान्त्रिक, लोकतान्त्रिक, प्रगतिशील, समावेशी, अग्रगामी तथा व्यवसायिक पत्रकारहरुको तर्फबाट आफ्नो उमेद्वारी दिनुभएको हो ।

नेपालदेखि जापानसम्म नेपाली समुदायका सुख, दुःख, चुनौती र सफलतालाई सूचना सञ्चार माध्यममार्फत विश्वसामु पु¥याउँदै नेपाली समुदायबीचको सम्बन्धलाई सुमधुर बनाउन श्रेष्ठ पछिल्ला दुई दशकदेखि पत्रकारिता क्षेत्रमार्फत कलम चलाउदै आउनु भएको छ ।

हाल नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष श्रेष्ठ पेशागत हित, सुरक्षा तथा सशक्तिकरणका मुद्दामा निरन्तर र दृढ रूपमा आवाज उठाउँदै आउनु भएको छ ।  श्रेष्ठ हाल नेपाल सन्देश डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology