Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पाकिस्तानी सेनाद्वारा अफगान सीमा क्षेत्रमा २३ जना आतङ्ककारीको हत्या


924
Shares

पाकिस्तानी सेनाद्वारा अफगान सीमा क्षेत्रमा २३ जना आतङ्ककारीको हत्या

इस्लामाबाद पाकिस्तान, ४ मङ्सिर । पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ । आतङ्कवादी पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहका भएको सेनाले विज्ञप्तिमा मार्फत जनाएको छ ।

“पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । इस्लामावादले नियमितरूपमा काबुललाई आतङ्कवादी समूह, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक(ए(तालिबान पाकिस्तान ९टिटिपी०लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतङ्कवादी समूहलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतङ्कबादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ ।

यद्देपी आक्रमणको जिम्मेवारी भने पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ । पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबिचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् ।

हाल दुई देशका आपसी सीमा बन्द भएका छन् । अन्ततः दुई दक्षिण एसियाली छिमेकी युद्धविराममा सहमत भए पनि सर्त पालना गर्नमा आएका गतिरोधका लागि एक(अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology