Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण


861
Shares

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

जिउछुआन, ३ मङ्सिर । चीनले बुधबार ‘लङ मार्च(२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार दिउँसो १२स्०१ बजे उडान भरिएको थियो ।

यसले शिजियान(३०ए, शिजियान(३०बी र शिजियान(३०सी नामक उपग्रह निर्धारित कक्षमा पुर्‍याएको छ । शिजियान(३०ए, शिजियान(३०बी र शिजियान(३०सी चीनद्वारा प्रक्षेपित प्रायोगिक उपग्रहको समूह हो । जसको मुख्य उद्देश्य अन्तरिक्ष वातावरणको निगरानी, वैज्ञानिक अध्ययन तथा नयाँ प्रविधिको परीक्षण(प्रमाणीकरण गर्नु हो ।

यी तीनै उपग्रह समन्वितरूपमा काम गर्ने गरी डिजाइन गरिएको छ । यी उपग्रह मुख्यतः अन्तरिक्ष वातावरण अनुसन्धान र सम्बन्धित प्रविधि परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यो उडान लङ मार्च शृङ्खलाको ६०८औँ प्रक्षेपण मिसन हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology