Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कार्तिक महिनामा मात्रै १८ हजार बढीले गरे गोरखा दरबार संग्रालयको अवलोकन


2K
Shares

कार्तिक महिनामा मात्रै १८ हजार बढीले गरे गोरखा दरबार संग्रालयको अवलोकन

गोरखा, २ मंसिर । गोरखा दरर्बार संग्रालयको अबलोकन गर्नेहरुको संख्या दिनदिनै बढदै गएको छ । गएको कार्तिक महिनामा मात्रै संग्रलायलको १८ हजारभन्दा बढीले अबलोकन गरेका छन् ।
यो आर्थिक बर्षको कार्तिक महिनामा १८ हजार ४५५ जनाले संग्रालयको अबलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । संग्रालय प्रशासनले उपलब्ध गराएको तथ्यांक अनुसार यो बर्षको कार्तिक महिनामा नेपाली बिद्यार्थी १० हजार ३५६ जना, ७ हजार ६७५ जना नेपाली, २ जना सार्क र ४२२ जना तेस्रो देशका नागरिकहरुले संग्रालयको अबलोकन गरेका छन् ।

गत आर्थिक बर्ष ०८१–०८२ को कार्तिक महिनामा नेपाली ७ हजार ६२० जना नेपाली बिद्यार्थी, ७ हजार ४८२ जना नेपाली, ३ जना सार्क राष्ट्रका र ३५६ जना तेस्रो देशका नागरिकहरुले संग्रालयको अबलोकन गरेका थिए ।
गत बर्षको तुलनामा यो बर्षको सोही अवधीमा २ हजार ९९४ जना बढी मानिसहरुले संग्रालयको अबलोकन गरेको पनि संग्रालय प्रमुख कार्कीले बताउनुभयो ।

संग्रालय प्रशासनले दिएको जानकारी अनुसार यो आर्थिक बर्षको पहिलो महिना साउनमा कुल ७ हजार २४७ जना, भाद्रमा ४ हजार ६८५ जना, असोजमा ६ हजार ११९ जनाले संग्रलायको अवलोकन गरेको थियो ।

यो बर्षको पहिलो ४ महिनामा मात्रै कुल ३६ हजार ५०६ जनाले संग्रालयको अबलोकन गरीसकेको छ । संग्रालयको ईतिहासमा भने गएको बर्षको मंसिर महिनामा सबैभन्दा धेरै २१ हजार २०१ जनाले संग्रालयको अबलोकन गरेको थियो । यही रफ्तारले अबलोकन गर्नेहरुको संख्या बढदै गएको मंसिरमा २५ हजारभन्दा बढी अबलोकन गर्न सक्ने अनुमान संग्रालय प्रशासनले गरेको छ । संग्रालयले यो अवधिमा कुल ८ लाख ३० हजार २१० रुपैयाँ राजश्व संकलन गर्न सफल भएको लेखा शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology