गोरखा, ३० कार्तिक । गोरखाकी एक महिलाको माइक्रोबस दुर्घटनामा परी ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।
दोलखाको शैलुङ गाउँपालिका–६ शैलुङ फेदी कालापानीस्थित सडकमा बागमती प्रदेश.०१–००२ ज ६२०८ नम्बरको माइक्रो शुक्रबार दिउँसो दुर्घटना हुँदा उक्त माइक्रोबसमा सवार गोरखाकी ६० बर्षकी एकुमाया अर्याललेका मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।
काठमाडौं नागार्जुन नगरपालिका–१ बस्दै आउनु भएकी अर्याल दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि शैलुङ अस्पताल दोलखामा पु¥याएको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मृतक एकमाया अर्यालका ३२ वर्षीय छोरा सञ्जिव अर्याल घाइते हुनुभएको छ । सो दुर्घटनामा अन्य १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । माइक्रो ब्रेक फेल भएर गौतम बुद्धको शालिकमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।