गोरखा, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी गोरखाले शनिबार बृह प्रर्दशनसहित जनसभा गरेको छ । एमाले गोरखाले सदरमुकाममा बृहत जनप्रर्दशनसहित जनसभा गरेको हो ।
एमाले जिल्ला कमिटीको आयोजनामा ¥यालीसहितको जनसभा गरिएको एमाले गोरखाले जनाएको छ । सदरमुकामस्थित पार्टी कार्यालयबाट सुरु ¥याली प्रतिक्षालय, हरमटारी चोक, विसौनी बसपार्क, ठूलो आँगन, हस्पिटल चोक हुँदै पुनः पार्टी कार्यलयमा फर्किएर सभाको आयोजना गरिएको हो । पार्टी कार्यालयमा आयोजित कोणसभालाई सम्बोधन गर्नु हुँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला कमिटीका इन्चार्ज रामशरण बस्नेतले देशको विकास र सम्बृद्धीका लागि नेकपा एमालेको विकल्प नभएको बताउनुभयो ।
जेनजी आन्दोलनमा नाम भएका विध्वस र अराजकता विरुद्ध एमाले उभिने उहाँको भनाई छ । देशको विकास र परिवर्तनका पक्षमा दृढताका साथ उभिएका कारण बिरुद्ध देशीविदेशी तत्वहरु बिरुद्ध लागेको भन्दै केन्द्रीय सदस्य वस्नेतले अव हुन जुनसकुै निर्वाचनमा पनि जनताले एमाललाई साथ दिने जिकिर गर्नुभयो ।
जेनजी आन्दोलनका नाममा भएका सरकार तथा नीजि संरचनमा भएको क्षतिको विरोधमा एमालेले जिल्लामा बृहत शक्ति प्रर्दशन गरेको जिल्ला कमिटीका सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।
एमाले संसद पुर्नस्थापना पक्षमा रहेको भन्दै अहिलेका सवै खालका समस्या समाधानका लागि संसद पुर्नस्थापना निर्विकल्प भएकोे भन्दै उहाँले पुर्नस्थापनापछिको संसदले गर्ने निर्णय एमालेका लागि मान्य हुने बताउनुभयो ।