काठमाडौं, २९ कात्तिक । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
नेपाली क्रिकेट संघ ९क्यान०ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ ।
पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो ।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले बताउनुभयो । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।
आयोजक क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताउनुभयो ।
आज नै लिनर टिभी फाइनल भएको छ । त्यसको न्युनतम रकम एक करोड रहेको छ । त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताउनुभयो । यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने उहाँको भनाइ छ ।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् । एनपीएलको उद्घाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।