Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

वडाध्यक्ष यादवको गोली प्रहारबाट मृत्यु


1.4K
Shares

वडाध्यक्ष यादवको गोली प्रहारबाट मृत्यु

ढल्केवर,२९ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ। शुक्रबार साँझ करिब ६ बजेतिर घर नजिकै रहेको सडकमा उहाँमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले वडाध्यक्ष यादवलाई नजिकैबाट गोली प्रहार गरेको र घटनापछि ती व्यक्तिहरु तत्कालै फरार भएको बताइएको छ।

धनुषा प्रहरी प्रवक्ता लोकेन्द्र बमका अनुसार, गोली लागेर गम्भीर घाइते भएका वडाअध्यक्ष यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुऱ्याइएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई हतियारसहित पक्राउ गरेको जनाकारी दिएको छ । वडाध्यक्ष यादव २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्दै विजयी हुनुभएको थियो ।

सामाजिक काममा सक्रिय व्यक्तित्वका रूपमा परिचित उहाँमाथि भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थलमा प्रहरीको टोली पठाई अनुसन्धान तीव्र पारिएको र अपराधीको खोजीका लागि आवश्यक संयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology