गोरखा, २९ कार्तिक । जिल्ला प्रसासन कार्यालय गोरखाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । गोरखा नगरपालिका–३ का २८ बर्षका सन्तोष श्रेष्ठलाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
बुवा पृथ्वीनारायण श्रेष्ठ र आमा स्व. पम्फा श्रेष्ठका छोरा सन्तोष हिडडुल गर्न नसक्ने, बोल्न नसक्ने तथा स्वयंले दैनिक काम गर्नसमेत नसक्ने अवस्था रहेको छ ।
उहाँलाई साहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रसासन कार्यालय गोरखााका प्रमुख प्रशासकीय अधिकृत चूडानिधि तिवारीसहितको उपस्थितामा घरमै नागरिकता वितरण गरिएको हो ।
नागरिकता प्राप्तसँगै सन्तोषले अब सामाजिक सुरक्षा भत्ता, अन्य सरकारी सेवा तथा सुविधाहरु पाउने छन् । नागरिकता वितरणका लागि अध्यक्ष चुलबहादुर कुँवरपनि श्रेष्ठको घरमा पुग्नुभएको थियो ।
स्वास्थ्यजन्य कारणले जिल्ला प्रसासन कार्यालयमा नागरिकताका लागि पुग्न नसक्ने नागरिकलाई प्रसासनले घरमै नागरिकता वितरण गर्दै आएको छ । घरमै प्रसासनले आएर नागरिक उपलब्ध गराएपछि परिवारले खुशी भएका थिए । प्रसासनको यस्ताखालको सेवाले अपांगता भएका नागरिकलाई ठूलो राहत मिलेको परिवारको भनाई छ ।