Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

धार्चे गाउँपालिकाद्धारा कृषि उत्पादन बढाउन उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम सञ्चालन गर्दै


840
Shares

धार्चे गाउँपालिकाद्धारा कृषि उत्पादन बढाउन उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम सञ्चालन गर्दै

गोरखा, २६ कार्तिक । गोरखा जिल्लाको धार्चे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि कृषि उत्पादकत्व वृद्धिका लागि किसानलाई हौसला प्रदान गर्न उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसान, निजी फर्म, कृषक समूह तथा कृषि सहकारी संस्थाहरुमार्फत विभिन्न कृषि बाली, फलफूल, तरकारी तथा नगदे बाली उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

कृषि उत्पादकत्व अभिवृद्धि कार्यक्रमअन्तर्गत धान, मकै, अदुवा, अलैंची, मसला बाली, गहुँ, प्याज, मह, फलफूल, गोलभेँडा, सिमी, फापर, टिमुर, खुर्सानीलगायतका बालीमा उत्पादन र बजारिकरण अभिवृद्धिका लागि निश्चित अनुदान दर तोकिएको उहाँले बताउनुभयो । जसअन्तरगत मकै, गहुँ र रैथाने आलु न्युनतम ८ मुरी उत्पादन गर्ने किसानले प्रतिमुरी रु ३०० का दरले अनुदान प्राप्त गर्नेछन् ।

त्यस्तै उन्नत जातको आलु न्युनतम ८ मुरी उत्पादन गर्ने किसानले प्रतिमुरी रु २ सय, सिमी गोलभेडा, अदुवा, बेसार, प्याच, भटमास, सिलाम, खर्सानी न्युनतम ६० केजी उत्पादन गर्दा किसाले प्रतिकेजी १५ रुपैया अनुदान पाउनेछन् ।

त्यस्तै मह उत्पादन गर्ने किसानले प्रतिकेजी ७५ रुपैँया, अलैची उत्पादनक किसानले प्रतिकेजी ५० रुपैँया, फलफुल उत्पादन गर्ने किसानले प्रतिकेजी १० रुपैँया, मस्याङ र टिम्मुर उत्पादन गर्ने किसानले प्रतिकेजी रु २० अनुदान प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

पालिका भित्र धान, फापर, कोदो र जौ खेती गर्ने किसानले न्युनतम ५ मुरी उत्पादन गरे प्रतिमुरी १ हजार अनुदान पाउने उहाँको भनाई छ । अनुदानका लागि गाउँपालिकाले तोकेको न्युनतम क्षेत्र, उत्पादन र आवेदनको मापदण्ड पुरा गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गर्दै आएको नगद अनुदान कार्यक्रमले कृषकहरुलाई कृषि उत्पादनमा आधारित व्यवसायिकता र आत्मनिर्भरता बढाउन मद्दत पुग्ने अध्यक्ष गुरुङले बताउनुभयो । नगद अनुदान कार्यक्रमार्फत गाउँका किसानलाई प्रोत्साहनसंगै आधुनिक खेती प्रणालीतर्फ उन्मुख गराउने उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology